गजल
शुभकामना तिमीलाई यसपालीको तिजमा सानु ।
होशियार हुनु है फटाहा र जालीको तीजमा सानु ।।
सबैको मन एउटै हुन्न के के सोच्छन् बदमास हरु ,
गिद्धेदृष्टि परेका छन् ओठमा लालीको तीजमा सानु
तडक भडक नगर धेर बेला पनि राम्रो छैन अचेल ।
नपर्ख उसलाई भर छैन द्यौरालीको तिजमा सानु ।।
नजाउ घरबाट टाढा कोरोना सर्ला भन्ने डर छ ,
नमान डर कसैको तिमी गालीको तिजमा सानु ।।
के गरौँ म नि तिमीलाई सम्झी बसेको छु एक्लै ।
सम्झनाले सतायो धेरै त्यै कालीको तीजमा सानु ।।
मिठो बनाउ दर घरमा ल यतातिर नि सम्झीएर ,
धेरै माया लाग्छ तैँ मोरी सालीको तिजमा सानु ।।
सत्याल , बल्थले ।।
२०७७\०५\०४